सुनसरी । धरान उपमहानगरपालिका–१५ खोरिया बस्तीका ३१ वर्षीय अर्जुन राईले ढुंगा हानी आफ्नै श्रीमतिको हत्या गरेका छन् । गएराति ८ बजेको समयमा राईकी श्रीमती २३ वर्षीया बीना राईलाई सेउती खोलाको निर्माणाधीन पुल नजिकै डिलमा लगेर ढुङगाले हानी हत्या गरेका हुन् ।
प्रहरीका अनुसार धरान–५ पानवारी माइती बस्दै आएकी बीना बुधबार मात्रै घर आएकी थिइन् । एकअर्कामा अविश्वास बढेपछि चर्किएको विवाद हत्यासम्म पुगेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
जीनाको शव टाउको क्षतिग्रस्त भएको अवस्थामा भेटिएको उनले बताए । पत्नीलाई खोलाको डिलमा लगेर ढुंगाले हानेर हत्या गरेपछि अर्जुन भागेका थिए । घटना लगत्तै प्रहरीले अर्जुनलाई गएराति नै साढे ११ बजे बाँझोगरा सामुदायिक वन नजिकको सेउती खोला पुलमुनि लुकिरहेको अवस्थामा न्यौपानेले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार लामो समयको प्रेमपछि जीनाले अर्जुनसँग २०७० सालमा भागी विवाह गरेकी थिइन् । प्रेमपछि भागी विवाह गरेका उनीहरुबाट जन्मिएकी एक ६ वर्षीया छोरी छिन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















