काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना भएको छ । दुर्घट्नामा तीनजनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको र घाइते सबैको उद्धार गरिएको छ ।
ओरालोमा चिप्लिएर बस दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















