काभ्रे । सुनकोशी नदीमा पौडीखेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज (शुक्रबार) दिउँसो करिब १ः३० बजे काभ्रे जिल्ला भुम्लु गाउँपालिका वडा न. ८ स्थित सुनकोशी नदीमा पौडी खेल्दा उनी बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बेपत्ता हुनेमा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.सुन्दरीजल नयाँपाटी बस्ने कृष्ण घलेको छोरा बर्ष १८ को मिलन घले रहेका छन् । सो स्थानमा पिक्नीक आउने क्रममा घले पौडी खेल्दा खेल्दै डुबी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
अहिले स्थानीय र प्रहरीको संयुक्त प्रयत्नमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















