काभ्रे । काभ्रेको व्यापारिक केन्द्र बनेपा नगरपालिका भित्रको फोहोर मैला व्यवस्थापन गर्न जापानिज प्रविधिको हिटा कम्पनीको एफ वान मोडलको धुँवा रहित चिम्नीको प्रयोग गर्ने भएको छ । सो विषयमा आज (शुक्रबार) बनेपा नगरपालिकाले एक सर्वपक्षिय भेला गरेर उक्त कुराको जानकारी दिएको हो ।
जिल्ला समन्वय समिति काभ्रेको हलमा आयोजना गरिएको सर्वपक्षिय भेलामा नगरपालिकाले फोहोर मैला ब्यवस्थापनमा अपनाउन लागेको विधी र प्रकृयाका बारेमा जानकारी गराईएको थियो । भेला जिल्ला समन्वय प्रमुख उद्धव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भेलामा पुर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, जिल्ला अध्यक्ष प्रकाश मानन्धर, नेकपाकी अध्यक्ष रुकु चौंलागाई, समाजवादी पार्टीका जिल्ला अध्यक्षा कृष्ण भण्डारी (शिशिर), नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युतप्रसाद पौड्याल, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
भेलाको निर्णय यस्तो छः
सर्वपक्षिय भेलाले जापानिज प्रविधिको फोहोर जलाउने मेशिन बनेपा नगरपालिका वडा नम्वर ९ स्थित कृषि फर्ममा राख्ने र उक्त मेशिनले नागरिकलाई असर पु¥याएमा उक्त स्थानबाट हटाउने निर्णय गरेको छ ।
उक्त कार्यका लागि सबै क्षेत्रबाट सहयोग पु¥याउने तथा फोहोर मैला ब्यवस्थापनसँगै उक्त क्षेत्रको सडक, विद्युत्त, खानेपानी लगायतका निर्माणका कार्य तत्काल शुरु गर्ने निर्णय भएको छ ।
धुवाँ रहित चिम्निको बारेमा हिटा ग्रुपको ‘ब्रिफिङ’
हिटा ग्रुप प्रा.लि, नेपालका प्रमुख ग्याल्पो लामाले धुँवा रहित चिम्नीका बारेमा जानकारी गराउँदै त्यसको प्रयोगका बारेमा डकुमेन्ट्री समेत प्रस्तुत गरेका थिए । ‘२ सय सेन्टिमिटर लम्बाई, २० फिट उचाई, १५० सेन्टिमिटर चौडाई र १ हजार ५ सय किलो वजन भएको एफ वान मोडलको चिम्नी नेपालमै पहिलो हो’–प्रमुख ग्याल्पो लामाले भने –‘उक्त क्षमताको मेशिनले प्रति घण्टा ३०–४० किलो, प्रति दिन १० घण्टामा ३ सय देखि ४ सय किलो फोहोर जलाउन सकिन्छ ।’
‘जापानिज प्रविधिमा एल्मुनियम धातुबाट जापानमा बनेको उक्त मेशिनले प्रति दिन २५ युनिट(थ्रि फेज) १० घण्टाको हिसावमा खर्च हुन्छ भने प्रति दिन २५ लिटर (डिजल) १० घण्टाको हिसावले खर्च हुन्छ’–प्रमुख लामाले भने –‘फलाम र शिसा बाहेक सबै प्रकारका बस्तुहरु जलाउन सकिन्छ । प्रदुशण रहित, धुँवा रहित, ध्वनी रहित, विभिन्न प्रकारका फोहोरलाई एकै स्थानमा जलाउन सकिने, छिटो जल्ने, त्यसबाट निस्किएको पानीबाट नुहाउन, पकाउन र धुन, पिउन समेत योग्य हुनेछ ।
नगरपालिकाको फोहोर संकलन हुने आधारमा मेशिन ठुलो साईजको ल्याउँदा प्रति घण्टा दोब्बर फोहोर जलाउन सकिने बताए । बनेपा नगरपालिकामा दैनिक ७–८ टन फोहोर संकलन हुने भएकाले ठुलो साईजको मेशिन ल्याउने तयारी गरिएको नगर प्रमुख लक्ष्मीनरसिं बादेले जानकारी दिए ।
जलेको फोेहोरबाट निस्केको खरानीले ब्लक तथा टायल निर्माण र तरकारी खेतिका लागि उपयुक्त हुन्छ । मेशिन सचालन गर्न डिजेल, बिजुली, पानी एकै पटक प्रयोग हुन्छ भने विजुली गएको समयमा त्यसको ब्याकअप मार्फत सञ्चालन गर्न सकिन्छ ।
१० वर्षसम्म ग्यारेण्टि रहेकोे उक्त मेशिनको संचालन सहज र खर्चको हिसावले पनि सरल पर्ने उनले बताए ।
बनेपा नगरपालिकाले खरिद गरेको वडा नम्वर ९ को कृषि फर्म भित्र राख्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरेले बताए । बनेपा नगरपालिकामा फोहोर ब्यवस्थापनका लागि थपिएको चुनौती मेशिनको प्रयोगबाट समाधान गर्न सकिने नगर उपप्रमुख रेखा सापकोटा दाहालले बताईन् ।
के के गरे जनप्रतिनिधिले निर्वाचित भए पछि ?
– २०७४ भदौ १० गते उप्रमुखको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन समिति गठन भएको छ ।
– फोहोरमैला व्यवस्थापन समितिको पटक पटक बैठक बसी फोहोरमैला व्यवस्थापनका लागि प्रयोग भईरहेको व्यवस्थापन स्थलको सदुपयोग र वैकल्पिक स्थानको पहिचानको काम भएको छ ।
– निजी क्षेत्रमार्फत फोहोर व्यवस्थापन गर्न आ.व. २०७४।०७५ को नगर सभाबाट फोहोरमैला संकलन शुल्क निर्धारण गरिएको छ ।
– निजी क्षेत्र मार्फत सशुल्क फोहोर व्यवस्थापन गर्ने नीति अनुरुप २०७५।४।४ मा नेशनल वेष्ट मेनेजमेन्ट एण्ड रिसाइक्लिनिङ सेन्टरसंग संझौता गरी कार्यारम्भ भएको छ ।
– बनेपा नगरपालिकाले साविक देखि प्रयोग गरि आएको फोहोरमैला व्यवस्थापन स्थलको प्रयोगमा समस्या आएकाले विभिन्न उपाय र विधिको प्रयोग गरी फोहोरमैला व्यवस्थापन गरिदै आएको छ ।
– नेशनल वेष्ट मेनेजमेन्ट एण्ड रिसाइक्लिनिङ सेन्टरले सन्तोषजनक काम नगरेकोले २०७५।११।१२ मा उक्त संस्थासंगको संझौता रद्ध गरी नया“ कम्पनीस“ग सम्झौता गरी काम शुरु गरिएको छ ।
– नगर क्षेत्रभित्र उत्पादन हुने फोहोर व्यवस्थापनका लागि फोहोर व्यवस्थापन कार्य गरिरहेका संस्थासंग समन्वय गरी नगरपालिकाले खर्च व्यहोरी फोहोर व्यवस्थापनलाई निरन्तरता दिईरहेकोे छ ।
– फोहोर व्यवस्थापनको लागि बनेपा नगरपालिका वडा नं. १२ र १४ को सिमानामा १४ रोपनी जग्गा खरिद गरि सकिएको र थप जग्गा प्राप्त गर्ने प्रयास भई रहेको । उक्त जग्गाबाटै फोहोर मैैलाको दिगो ब्यवस्थापन हुनेछ । जसका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणका कार्य प्रारम्भ गरिएको छ । झडै एक सय वर्षका लागि फोेहोरलाई मोहोर बनाउन र फोहोरलाई पुनः प्रयोग गर्न सकिने गरी रुपान्तरण गर्ने कार्य शुरु गरिनेछ ।
– फोहोरमैला व्यवस्थापनको लागि विभिन्न सरोकारवाला पक्ष समेतको उपस्थितिमा सर्वदलीय बैठक गरिएको छ ।
– मिति २०७६।१।२९ मा ग्रिनपिस इन्भाइरोमेन्ट प्रा.लि. काठमाण्डौस“ग फोहोर व्यवस्थापनको संझौता भएको छ । उक्त संस्थाले ऋजगधबकतबच नामको जापानी कम्पनीले निर्माण गरेको आधुनिक प्रविधियुक्त वातावरणमैत्री मेशिनबाट फोहोर व्यवस्थापन (डढाउने) उद्देश्य रहेको छ । उक्त मेशिन जडान गर्न उपयुक्त स्थलको व्यवस्थाका लागि प्रयास भई रहेको छ । तत्कालका लागि नगरपालिकाले आफ्नै स्वामित्वमा रहेको जग्गामा उक्त मेशिन राख्न अनुमति प्रदान गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















