फाइल फोटो
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–११ पात्लेखेत स्थित बिपी राजमार्ग खण्डमा आज (शनिबार) विहान टिफर दुर्घट्ना हुँदा चालकको मृत्यु भएको छ ।
भकुण्डेशाट धुलिखेल तर्फ आउँदै गरेको बा ४ ख ९४८५ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराज सपकोटाले जानकारी दिएका छन् ।
एसपी सापकोटाका अनुसार उक्त टिपर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खोचमा खसेको थियो ।
दुर्घट्नामा परि टिपर चालक सिन्धुलीका तिनपाटन गाउपालिका वडा नं.११ घर भएका वर्ष २४ को गणेश बहादुर कार्की रहेको सापकोटाले बताए । बलुवा लिएर आएको टिपर चालक निदाएर दुर्घटना हुन सक्ने आशंका प्रहरीले गरेको छ ।