हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १० टिसेनरोडमा एक मोवाई पसल सञ्चालक मृत अवस्थामा फेला परेको छ । हेटौंडाको अनमोल होटल अगाडि रहेको केशरी मोबाईल पसल सञ्चालक मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईका अनुसार भारत पुर्वि चम्पारन विहार बस्ने २४ वर्षीय रवि केशरी मृत अवस्थामा फेला परेको छ ।
प्रहरी नायब उपरिक्षक भट्टराईका अनुसार, रवी आफ्नै कोठामा मृत फेला परेका हुन् । रवी कात्तिक १३ गतेदेखि बेपत्ता रहेका थिए । उनले सोही घरमा केशरी मोबाइल पसल संचालन गरेका थिए ।
कोठाबाट गन्ध आएकाले स्थानीय र आफन्तले खबर गरेपछि भट्टराईले बताए । उनको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।