काभ्रे । प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले स्वदेशमै ग्याँस निकाल्ने कार्यमा प्रदेश सरकार र आफ्नो सधैं साथ र सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । धुलिखेल नगरपालिका वडा नं ५ मा रहेको श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिको नवौं साधारणसभालाई सम्बोधन गर्दै लम्सालले उक्त प्रतिबद्धता जााहेर गरेका हेन् ।
उक्त समितिले ग्याँस उत्पादन गर्दै आएकोमा प्रशंसा गर्दै सांसद लम्सालले सरकारको लक्ष पनि आत्मनिर्भर मुलुक निर्माण रहेकोले विशेष ढंगले हेर्ने बताएका थिए ।
लामो समयदेखि उक्त समितिले ग्याँस उत्पादन गरेर बिक्री गर्दै आएकोमा सांसद लम्सालले खुशी समेत व्यक्त गरे । ‘ढलवाट ग्याँस निकाल्ने काम गरेर नेपालमै उदाहरणीय काम गरेको छ ।’ लम्सालले भने, ‘यस्ता राम्रो काम गर्ने सबै संघसंस्थालाई म आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।’
प्रदेश सरकारको नजर मात्र होइन केन्द्र सरकारको समेत यो योजनामा विशेष ध्यान जाने र आवश्यक सहयोग रहने सांसद लम्सालले बताए ।
ढलवाट ग्याँस निकाल्ने योजना सफल भएकाले त्यसलाई अझै बृहत बनाउनु पर्नेमा जोड दिंदै उनले काभ्रेमा धेरै हिसावले नमूनाको रुपमा काम भइरहेको स्पष्ट पारे ।
काभ्रेको ऐतिहासिक शहरको रुपमा रहेको र त्यसलाई सफा बनाउने र ढललाई व्यवस्थित रुपमा अघि बढाउने योजना अनुसार समिति गठन भएको थियो ।
समितिका अध्यक्ष पुर्णबहादुर कर्माचार्यले ग्याँस उत्पादन समेत गर्ने उदेश्यले निर्माण गरेको उपभोक्ता समितिले बार्षिक रुपमा १८ हजार रुपैयाँको ग्याँस बिक्री गर्ने गरेको बताए । ढल ब्यवस्थापनमा स्थानीयनै लाग्नुपर्ने बताउँदै अध्यक्ष कर्माचार्यले आफूहरुले लिएको लक्ष्य र उद्देश्य पूरा हुने बताए ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नं ५ का कार्यबाहक वडा अध्यक्ष भुवन श्रेष्ठ, वडा सदस्यहरु प्रमोद कुमार श्रेष्ठ, साजना खड्गी, सिता बिक, नेकपा नेता दयाराम महत, श्रीखण्डपुर मिाबिका पुर्व प्रअ जयराम श्रेष्ठ, पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष रमेश न्यौपाने, पत्रकार केशवराज पौडेल, रोजन तामाङ लगायतको उपस्थिती रहेको थियो ।
नयाँ समितिमा पनि पूनः कर्माचार्य
उपभोक्ता समितिको नवौं साधारणसभाले पूनः पूर्णबहादुर कर्माचार्यलाई नै अध्यक्षमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा विकास श्रेष्ठ, सचिवमा हरिगोपाल प्रधानाङ्ग, कोषाध्यक्षमा महेन्द्रकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।
स
दस्यहरुमा गंगासागर रंजित, बैकुण्ठ प्रधान, गुणबहादुर कर्माचार्य, सुन्दर रंजित, पुर्णमाया मानन्धर, प्रतिभा भुजु श्रेष्ठ र सिताराम प्रसाद दाहाल रहेकाछन् । साधाराण सभाले इन्जिनियर अष्टलाल सुवाल, दयराम महत, जयराम श्रेष्ठ, र टिकाप्रसाद हुँमागाई रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।
वडा अध्यक्ष समेत पदेन सदस्य रहने व्यवस्था भएको उक्त समितिको कार्यावधि ३ वर्षको हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















