बनेपा । नेपाल मानव अधिकार संगठन, काभ्रे शाखाको दोस्रो जिल्ला सम्मेलन आज (शनिबार) बनेपामा सम्पन्न भएको छ । सम्मेलनमा राजु सिग्देल अध्यक्षतमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित उपाध्यक्षमा गोबिन्द प्रशाद घिमिरे, सचिवमा गिता तिमल्सिना दाहाल, स–सचिबमा मधु लामिछाने, कोषाध्यक्षमा पुनम जोशी र सदस्यहरुमा दिननाथ फुयाँल, अप्सरा ढुंगाना, कृष्ण ब. श्रेष्ठ, दिल कुमार मोक्तान, सरोजश्री अधिकारी र राजकुमार होमागाई रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मानव अधिकार संगठन केन्द्रिय महासचिब मामुनिश्वोर आचार्य र विशेष अतिथि राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ का निर्देशक यज्ञ प्रशाद अधिकारी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















