बौद्ध । तामाङ समाज यू.ए.ई. ले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकन कुलमान घिसिङ र डा. भावना तामाङलाई ‘टप ट्यालेन्ट अवार्ड’द्वारा सम्मान गरेको छ । शनिबार नेपाल तामाङ घेदुङको संघीय कार्यालय बौद्धमा ‘शैक्षिक सहयोग हस्तान्तरण छात्रवृत्ति कार्यक्रम २०१९ तथा टप ट्यालेन्ट इन्करेजमेन्ट अवार्ड वितरण’ कार्यक्रममा घिसिङ र तामाङ सम्मानित भएका हुन् ।
उद्देश्य तामाङ समाजमा जन्मिएर ठूलो संघर्ष गर्दै तामाङ समाज र सिंगो नेपालकै नाम उच्च बनाउन योगदान पुर्याएकोले उनीहरुलाई सम्मान गररेको समाजका अध्यक्ष महेश लामाले स्पष्ट पारे ।
‘तामाङ समाज युएईको सान, तामाङ संस्कृति तामाङ पहिचान’ भन्ने नाराका साथ सन् २००५ मा स्थापित तामाङ समाज यू.ए.ई.ले स्थापनाकाल देखि नै तामाङ समाजमा विभिन्न सामाजिक, साँस्कृतिक तथा मानवीय सहयोगका काम गर्दै आइरहेको छ ।
प्रतिनिधिसभा सदस्य बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, विभिन्न तामाङ समाजसँग सम्बन्धित व्यक्ति, व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कसले पायो यस वर्षको शैक्षिक सहयोग
तामाङ समाज यू.ए.ई. ले सरकारी बजेटको अभाव रहेको तामाङ गाउँमा अवस्थित विद्यालयलाई शैक्षिक सहयोग हस्तान्तरण तथा त्यस्ता ठाउँमा शिक्षा हाँसिल गर्दै गरेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसैक्रममा काभ्रेको रोशी–९ मा रहेको श्री महाकाली देवि कर्मदय प्राथमिक विद्यालय, पिन्थलीलाई रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गरेको छ ।

त्यसैगरि सिर्जनशील जनता माध्यमिक विद्यालय चौंरी देउराली ४ काभ्रेका कक्षा १२ मा अध्यनरत विद्यार्थी बिकास लामा र पशुपति माध्यमिक विद्यालय, सुनपाती–३ रामेछापका कक्षा १२ मा अध्यनरत विद्यार्थी देउमाया थिङलाई १५।१५ हजार रुपैयाँ नगद छात्रवृत्ति प्रदान गरेको छ ।
समाजले हालसम्ममा करिब २७ लाख ८० हजार रुपैयाँ नगद तामाङ समाजमा विभिन्न शिर्षकहरुमा सहयोग गरिसकेको अध्यक्ष तमाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।