मकवानपुर । पद भनेपछि हुरुक्कै । यो कुरा हाम्रो समाजमा पदलोलुप्तहरुलाई लाग्दै आएको आरोप हो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलमा पनि यो आरोप लागु भएको भान यतिखेर हुन्छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ नवलपुरस्थित रहेको सहिद स्मारक व्यवस्थापन समितिका अध्यक्षमा पुनः मुख्यमन्त्री पौडेल चयन भएपछि यो आरोप प्रमाणित भएको छ ।
शनिबार भएको स्मारकको १३ औं परिषद् बैठकबाट व्यवस्थापन समितिका अध्यक्षमा पौडेल पुनः तीनवर्षे कार्यकालका लागि निविरोध चयन भएका हुन् ।
अधिवेशसनले केदार न्यौपाने, सुर्दशन प्रसाद अधिकारी, मनोजकुमार सुवेदी, रामेश्वर राना, रामचन्दंय राई, जुनेली श्रेष्ठ, विष्णु गोपाल महर्जन, मुनु सिग्देल, सुमित्रा काफ्ले, सर्मिला डंगोल र अनन्त पौडेल लगायत गरी २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षलगायत अन्य पदाधिकारीहरु भने अब बस्ने १८ गते सोमबारको पहिलो बैठककले चयन गर्ने सहिद स्मारक विकास समिति कार्यालयका प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।