नेकपालाई पोलिटब्यूरो सदस्य छान्ने चटारो, को–को बन्दै छन् ? (नामावली सहित)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो ।
बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
त्यसैगरि प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । वली भने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।