सिन्धुपाल्चोक । सुनकोशी नदीमा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। खोजीको क्रममा सुनकोशी किनारामा एक युवकको शव भेटिएपछि मृतकको संख्या १८ पुगेको हो। उदयपुर चौदण्डीगढी नगरपालिकाका २३ वर्षीय युवक विजय तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।
उनका अनुसार अझै ५ वर्षीय बालिका रेणु तामाङ बेपत्ता भएकी छिन्। बुबा सन्तोष तामाङ, आमा बिन्दु माया तामाङको शिरमेमोरियल अस्पताल बनेपामा उपचाररत छन भने बेपत्ता बालिकाको १२ वर्षिय दाइ लियोनको लास बाह्रविसेमा रहेको उनीहरुको आफन्त ठाकुर तामाङले जानकारी दिए ।
खोजीकार्यमा तदारुकता नदेखाएको उनको आरोप छ । उनको खोजी कार्य जारी रहेको उनले बताए । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ख ७२४५ को बस आइतबार सुनकोशी नदीमा खसेको थियो। अत्यधिक भार र तीव्र गतिको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।