काठमाडौं । जिल्ला अदालत काठमाडौंले प्रतिनिधिसभाका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । थुनछेक बहस सकिए लगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको छ ।
मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको हो । दफा ८० बमोजिमको थुनुवा पुर्जी दिएर पछि ठहरे बमोजिम हुने गरी थुनामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो ।