समाजवादी लक्ष्य पूरा गर्न एकताबद्ध भई अगाडि बढ्न अध्यक्ष प्रचण्डको आव्हान
दाङ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको भारतीय हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा भताएका हुन् ।
‘भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य हुनेछैन ।’ अध्यक्ष प्रचण्डले भने, ‘यसबारेमा मैले पूर्ण रुपमा बुझन पाएको छैन । तर, भारतले यस किसमको काम गरेको छ भने त्यो कदापी शैह्य हुँदैन । सीमाका विषयमा हामि कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैंनौं ।’
आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उनले चीन र भारतबीच असहमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यसको कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताए ।
प्रधानमन्त्री हुने हल्ला निराधार
अर्को एक प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले हालको सरकार परिवर्तन हुने हल्ला निराधार भएको दाबी गरे । जनताले दुइ तिहाइ मत दिएर पठाएको सरकारले ५ वर्ष अविचलित रुपमा काम गर्ने उनको भनाई थियो । ‘सरकार परिवर्तन हुने र म प्रधानमन्त्री हुने भन्ने हल्ला निराधार हो । हल्लाका पछि नलाग्दा हुन्छ ।’ उनले भने ‘सरकार ५ वर्षसम्म परिवर्तन हुँदैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।