अशोक बुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रम आज (बुधबार)देखि शुरु भएको छ । रोशी गाउँपालिका आयोजना र नाङशाल एसोसिएसन नेपालको सहयोगमा अपांगता परिचयपत्र वितरण शुरु भएको हो ।
वितरण कार्यक्रमको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती (बतौला) ले संयोजन गरेकी छिन् । कार्यक्रममा उपाध्यक्ष बर्तौलाले अपांगता व्यक्तिहरु गाउँपालिकासम्म पुग्न असजिलो हुनेभएकोले प्रत्येक वडा वडामा वितरण गर्ने गाउँपालिकाको योजना अनुसार यो कार्यको थालनी भएको बताईन् ।
वडा नं १२ मा आज १७ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । जसमा घ वर्गको ३ जना, ग वर्गको ३ जना, ख वर्गको ९ जना, क वर्गको २ जना रहेका छन् ।
महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइका अनुसार भोली (विहिबार) ११ नं. वडामा वितरण गरिने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















