काँग्रेसको उपसभापतिमा गच्छादर मनोनित, महासमितिको बैठक मंसिर २८ गते
काठमाडौं । आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको मनोनयन दर्ता हुनु एक दिन अघि कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रतिनिधिसभाका लागि कास्की–२, मा खेमराज पौडेललाई उम्मेदवार बनाइएको छ । प्रदेशसभा अन्तर्गत बागलुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नं. ३ को (ख) मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को(क) मा कृष्ण भडेललाई कांग्रेसले उम्मेरवार बनाएको छ ।
उम्मेदवारको टुंगो लगाउने जिम्मा केन्द्रीय समितिले पदाधिकारीलाई दिएको थियो । गुटगत भागबन्डा मिल्न नसक्दा उम्मेदवारको टुंगो लाग्न ढिलाइ भएको थियो । संस्थापन, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला गुटले आआफ्ना पक्षका नेतालाई उम्मेदवार बनाउन पहल गरेका थिए ।
बुधबार बसेको पदाधिकारी बैठकमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पनि सहभागी थिए । उम्मेरवारमा विवाद भएपछि उनीहरूले बैठक बहिष्कार गरे । शेरबहादुर देउवाले सबै क्षेत्रको उम्मेदवारको टुंगो लगाएको देउवा निकट एक नेताले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।