काठमाडौं । प्रहरीले कीर्तिपुरको चोभारबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुमा काठमाडौंका मनोज बस्नेत, देवेन्द्र भण्डारी र कीर्तिपुरका सुमन खड्का रेहेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाले बताए ।
उनीहरूको साथबाट अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोली समेत बरामद भएको छ । साथै निजहरूले प्रयोग गरेको बा १७ च ८३६४ नम्बरकोे गाडी समेत नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीहरू लुटपाट मच्चाउन काममा संलग्न भएको आशंका गरेको छ ।

Comments

comments