राजधानीको बौद्धमा प्रतित्यसमुत्पाद (तेन्डेल च्यूङी) बारे धर्म देशना र विपश्यना ध्यान साधना शिविर संचालन हुने भएको छ ।
बौद्धस्थित प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको आयोजनमा बर्मा सरकारबाट सद्धम्म ज्योतिकद्वज द्धारा सम्मानित पुजनिय भद्धन्त जटिल भन्तेज्यूको मुखार विन्दबाट प्रतित्यसमुत्पाद चक्र (शिव खोर्लो) र विपश्यना ध्यान साधना शिविर प्रतित्यसमुत्पाद चक्र (शिव खोर्लो) र विपश्यना ध्यान साधना शिविर कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रम संस्थाको सभाहल बौद्ध–६, स्थित तामाङ भवनको दोस्रो तल्लामा कार्तिक २४ गते आइतबार देखि मंसिर ४ गते बुधबार सम्म संचालन हुनेछ । कार्यक्रम विहान ७ बजे सुरु भई ११ बजेसम्म संचालन हुने छ ।
भवचक्र (तेन्डेल च्यूङी)- शिव खोर्लो-प्रतित्यसमुत्पाद चक्र
शिविरको पहिलो, दोस्रो र तेस्रो दिन श्वासप्रश्वासमा आफ्नो ध्यान केन्द्रीत गर्ने अभ्यास गर्न लगाइन्छ, जसलाई ‘आनापाना सति’ ध्यान भनिन्छ । चौथो दिन देखि विपश्यना ध्यान विधि सिकाइन्छ । साधकले मनको चञ्चलता यो बेला अनुभव गर्न पाउँछन् । उक्त कार्यक्रममा सहभागी भई पुण्यलाभ गर्नुहुन आस्थावान श्रद्धलु भक्तजनहरुलाई सस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा) ले अनुरोध समेत गरेका छन् ।
शील, समाधी र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका द्वेष, राग र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम मानिन्छ । चित्त निर्मल बनाउने, सुख र शान्ति पाउने, निरोगी हुने, अध्ययनलाई राम्रो बनाउने र लक्ष्यमा पुग्ने चाहना राख्ने महिला, पुरुष, युवायुवती तथा बालबालिकाहरुका लागि समेत मध्यनजर राखी विशेष ध्यान शिविर सञ्चालन हुन लागेको हो ।
६ लोक ३१ भुवन
भगवान् बुद्धको उपदेशको सार हो – धर्म सर्वदेशिक, सर्वकालीन र सर्वज्ञनिन् हुन्छ । प्रकृतिका नियम तथा विश्वव्यापी विधानलाई सही रूपमा धारण गर्नु नै धर्म हो । यसमा कुनै पनि जाति, वर्ग वा सम्प्रदायको एकाधिकार हुँदैन । सूर्यको स्वभाव हो ताप र प्रकाश दिनु, चन्द्रमाको स्वभाव हो प्रकाश र शीतलता दिनु, आगोको स्वभाव हो जल्नु र जलाउनु, बरफको स्वभाव हो शीतल हुनु । यस्तै, उत्पन्न हुनु, नष्ट हुनु, उदाउनु अस्ताउनु शुद्ध धर्म हुन् ।
विपश्यना आजभन्दा करीब दुई हजार पाँच सय वर्षअघि बुद्ध स्वयंले अनुभूत गरी प्रतिपादन गरेका ध्यान विधि हो । यो ध्यान विधिले अनित्यताको बोध गर्न मद्दत गर्छ । जुन जस्तो छ त्यसलाई साक्ष्यत भाव वा तटस्थ भावले हेर्ने विधि विपश्यना हो । ‘वि’ भनेको विशेष तवरले र ‘पश्यना’ भनेको दृष्टिगोचर गर्ने हो । शील र समाधिमा प्रतिष्ठित भई भावनामयी प्रज्ञा जगाउने पवित्र अभ्यास हो विपश्यना ।
विपश्यना ध्यान गर्न चाहने साधकलाई प्राणी हिंसा नगर्ने, झूटो नबोल्र्ने, चोरी नगर्ने, ब्रम्हचर्या पालन गर्ने र नशालु पदार्थ सेवन नगर्ने जस्ता पाँच शीलका नियमभित्र रहनुपर्ने छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















