काठमाडौं । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गल्छी गाउँपालिका–६ महेश दोभानमा बिहीबार राति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
विरगञ्जबाट काठमाडौं आउँदै गरेको ना५ख ८८२१ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको बा९९प ८८७९ नम्बरको मोटरसाइकललाई राति २ बजे ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक गल्छी गाउँपालिका–४ बेल्खुका १७ वर्षीय सन्दिप श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
दुर्घटना पश्चात् बस चालक फरार रहेको प्रहरीको भनाइ छ । फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी बैरेनीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















