अशोक बुद्ध लामा
रोशी । काभ्रेको राशी गाउँपालिकाले शुरु गरेको अपंगता परिचयपत्र वितरण तथा नविकरण कार्यक्रम १० वडामा सम्पन्न भएको छ । आज भएको उक्त वितरण कार्यक्रममा १९ जना अपांगता भएकाहरुले परिचयपत्र पाएको वडा अध्यक्ष दुधराज तामाङले जानककारी दिए ।
आजको परिचय पत्र वितरण कार्यक्रममा ग वर्गको ४ जना, ख वर्गको १३ जना र क वर्गको २ जनाले अपांगता परिचयपत्र पाउको वडा अध्यक्ष तामाङले बताए ।
वितरण गर्न गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती (बर्तौला) निरन्तर रुपमा जनताका घरदैलोमा पुगेका छन् । पहिलो र दोस्रो दिन चाहिं उपाध्यक्ष बर्तौला आज तेस्रो दिन पनि वाल्टिङमा पुगेकी छिन् ।
भोलि २३ गते रोशी ९ मंगलटारमा वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइको जानकारी दिइन् ।

Comments

comments