यस्ता रहेछन् सरकारले गोप्य राखिएको भनिएका निर्णयहरु काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रीपरिषद् बैठक गोप्य राखेको भनि सर्वत्र चर्चाको विषय बन्यो । मन्त्रीपरिषद्को बैठकपछि सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताएका थिए । तर सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरेपनि निर्णयहरु भने सार्वजनिक भएको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयहरु यस्ता रहेका छन्ः प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय । भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन् । नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ। जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
काठमाडौं । प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए।
ुप्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल गर्‍यौं र आजै सामूहिक राजीनामा बुझायौुं, राजीनामा दिने मध्येका एक सदस्यले भने।
यद्यपि, प्रधानमन्त्रीले सबैको राजीनामालाई स्वीकार नगर्ने र केहीलाई भने सचिवालय सदस्यको रुपमा निरन्तरता दिने सम्भावना पनि छ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल छन्। त्यस्तै, परराष्ट्र सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली छन्। सचिवालयमा अन्य सदस्य पनि छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।