भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा भक्तपुर साँस्कृतिक तथा व्यापार मेला–२०७६ हुने भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी हुन लागेको उक्त मेला आगामी मंसिर १३ गतेदेखि २३ गतेसम्म हुन लागेको हो ।
मेला आयोजक ममता केन्द्र नेपालले भक्तपुरको दुधपाटी स्थित दि टिसा इनमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै मेलाकोबारेमा जानकारी दिएको थियो ।
‘हाम्रो अभियान खेलको शान, सँस्कृति र समृद्धि भक्तपुरको पहिचान’ भन्ने मुल नाराका साथ हुन लागेका ममता केन्द्र नेपालका अध्यक्ष एवं मेला संयोजक संगम लामाले जानकारी दिए ।
मेलामा दैनिक आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु एकै स्थानमा नै उपलब्ध हुने लामाले बताए । ‘मेलामा १ सय ५० भन्दा बढी विभिन्न स्टलहरु रहने छ । स्टलहरुमा लताकपडा, खेलकुदका सामग्री, दैनिक आवश्यकिय सामग्रीहरु विषेश छुटमा उपलब्ध हुनेछ ।’ उनले भने, ‘त्यतिमात्र होइन मेलामा २० प्रतिशत देखि ५० प्रतिशत सम्मको छुटको ब्यवस्था समेत रहनेछ ।’
मेलामा मनोरञ्जनात्मक खेलहरु पनि समाबेश हुने छन् । ‘खेलमा रोटेपिङ, नाउ, ब्रेक डान्स, ड्राइगन, मौतका कुवा, भुत बंगला, मिकी माउस, जम्पीङ, विभिन्न जादु, लगाएतका विभिन्न बाल मनोरञ्जनका सामग्रीहरु समेत सामेल हुने छ ।’ लामाले भने ।
यस्तै मेलामा स्थानीय एवं राष्ट्रिय स्तरका कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम दैनिक रुपमा हुने उनले बताए । मेलामा काठमाडौं उपत्यकाको अलाबा छिमेकी जिल्लाहरु काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुलीबाट समेत सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















