काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ ले ७३ सदस्यीय सचिवालय गठन गरेको छ । २ सय १९ सदस्यीय प्रदेश कमिटी यस अघि नै निर्माण भइसकेको थियो ।
सचिवालयमा चितवन जिल्लाबाट अध्यक्ष नारायण दाहाल सहित ८ सदस्य छन् भने दोलखाबाट सचिव आनन्द प्रसाद पोखरेल सहित ४ सदस्यहरु रहेका छन् ।
प्रदेशभरीका सचिवालय सदस्यहरु हेर्दा सवैभन्दा बढी चितवनमा ९ जना र सवैभन्दा कम सिन्धुली र रसुवामा ३।३ जना रहेका छन् । प्रदेशका १३ जिल्ला मध्ये अन्य जिल्लाहरुमा काभ्रे ८, सिन्धुपाल्चोक ७, धादिङ, मकवानपुर ६।६, दोलखा, भक्तपुर, ललितपुर ५।५, रामेछाप ४ रहेका छन् ।
काभ्रेबाट को–को होलान् ?
काभ्रेबाट सचिवालयमा गंगाबहादुर तामाङ, टोकबहादुर वाइबा, तेजबहादुर मिजार, दिननाथ गौतम, मिना तामाङ, रुकु चौंलागाईं, विदुर सापकोटा र
सूर्यमान दोङ रहेका छन् । पूर्व एमालेबाट सचिवालयमा २ जना र पूर्व माओवादी केन्द्रबाट ६ जना परेका छन् ।
प्रदेश ३ का सचिवालय सदस्यहरुको विवरण यस्तो छः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















