काभ्रे । बनेपाबाट नेपालथोक जाँदै गरेको बस काभ्रेको नमोबुध्द नगरपालिका २ स्थित पात्लेखेतमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइते माध्यबाट ३ जना गम्भिर घाइते भएकाछन् ।
हिमाल तराई यातायातको बा ४ ख ३३१९ नं को बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोेटा घटनास्थल पुगेर यात्रुहरुको उद्दार गरेका थिए । दुर्घट्ना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुको उद्दार गरिएको थियो ।
घाईते मध्ये तेमाल घर भएका १८ बर्षिय विवेक तामाङ गम्भिर भएका छन् । टाउकोमा चोट लागेकाले उनिहरुको होस अझै खुल्न सकेको छैन । उनलाई काठमाडौं रिफर गरिएको छ ।
घाईते मध्ये अधिकांश पुरुष छन् । तीन यात्रु महिला सामान्य छन् । बस सडकबाट २ सय मिटर भन्दा तल पुगेको प्रहरी प्रमुख एसपीसापकोटाले जानकारी दिए ।
घाईतेहरुको उद्धार तथा सहयोगका लागि नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ, वडा अध्यक्ष सञ्जिव ढकाल, विष्णु धिताल लगायतका जनप्रतिनिधिहरु घटनास्थल हुँदै अस्पताल पुगेका थिए ।
घाइतेहरुको विवरण यस्तो छः

Comments

comments