मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिवन्धित औषध ट्रमासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा–१३ पदमपोखरी बस्ने २९ वर्षीय दिपक सिंह मोक्तान रहेका छन् ।
हेटौँडा–१० बसपार्कस्थित शंकास्पद अवस्थामा हिडिरहेक उनलाई आज (मंगलबार) बिहान रु २ लाख बराबरको १५ हजार ६ सय वटा ट्याब्लेट औषध ट्रमासहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, निजलाई प्रतिवन्धित औषधसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि औषधि व्यस्था विभाग बिरगंज पठाउने कार्य भईरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















