काभ्रे । पत्रकारितामा नवीनतम प्रयोग प्रर्वद्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिजम(मोजो) तालिम आजदेखि (मंगलबार) सुरु भएको छ । तालिम प्रदेश ३ अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय हेटौँडाको आयोजनामा सुरू भएको हो ।
तालिमको प्रदेश ३ का अन्तरिक मामिलला तथा कानून मन्त्री शालिकराम झमकट्टेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झमकट्टेलले पत्रकारहरुको हकहित र क्षमता अभिबृद्धि गर्नका लागि प्रेस रजिष्ट्रारको स्थापना गरेको स्पष्ट पार्दै यो तालिमले पत्रकारको क्षमता अभिबृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताए ।
तलिममा प्रदेश ३ अन्तर्गतका ५ ओटा जिल्लाहरु काभ्रे, सिन्धुपलाञ्चोक, दोलखा, रामेछाप र सिन्धुलीका गरि २० जना पत्रकारहरुको सहभागिता रहेका छन् ।
उद्घाटन कार्यक्रममा प्रदेश ३ का प्रेस रजिस्ट्रार रेवती सापकोटा, काभ्रे जिल्ला समन्वय समितिको प्रमुख उद्दब के.सी, जिल्ला प्रशासन कार्यलय काभ्रेको प्रमुख श्रवण तिमिल्सिना, पत्रकार महासघ ३ नं प्रदेशको अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासघ ३ नं प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम (देउपुरे) लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















