काभ्रे । काभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको तेश्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले नमोबुद्ध–७ का मोहन कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन समेत गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा मण्डनदेउपुर ७ का प्रभुराम श्रेष्ठ, सचिवमा पनौती ७ का रामशंकर कर्माचार्य, उप सचिवमा नमोबुद्ध ३ का गोकुल भुर्तेल र कोषाध्यक्षमा पाँचखाल ४ का धरसमान तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा पनौती ४ का रामहरी भण्डारी, नमोबुद्ध ४ का माधवप्रसाद कँडेल, मण्डन ७ का कुमार तामाङ र बनेपा ८ का निरज प्रजापति रहेका छन् ।
अधिवेशनको उद्घाटन पुर्व मन्त्री तथा नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतले गरेका थिए । कार्यक्रममा ै प्रमुख अतिथि बस्नेतले मुलुक निर्माणको चरणमा रहेकाले हेभी इक्युपमेन्टको प्रयोगमा ब्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । ‘पुँजी र श्रमलाई नेपालमै सहि प्रयोग गर्ने हेभी इक्युपमेन्ट महत्वपूर्ण भएकाले ब्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग समन्वय गरी कार्य गर्नुपर्छ ।’ बस्नेतले भने ।
कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष ताराबहादुर कुँवर, बरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, महासचिव उमाकान्त शर्मा, कोषाध्यक्ष शुरेश खत्री, प्रदेश नम्वर ३ का अध्यक्ष शुशिल थापा, प्रदेश ५ का अध्यक्ष बसन्त भुषाल, केन्द्रिय सदस्य यादवलाल श्रेष्ठ, निर्माण ब्यवसायी महासंघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















