बौद्ध, प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालले मृगौला फेल भई उपचार गर्दै आएका दुई जना मृगौला पिडितलाई नगद रु. १८५८०।- रुपैया सस्थाको सभाहलमा एक कार्यक्रमको बिच रकम हस्तान्तरण गरेका छन् ।

बर्मा सरकारबाट सद्धम्म ज्योतिकद्वज द्धारा सम्मानित पुजनिय श्रद्धेय धर्म गुरु भद्धन्त जटिल भन्तेज्यूको बहुलीबाट संस्थाका संरक्षक टसी कुमार लामा, सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनाम) को साथमा कार्यक्रमममा विभिन्न ब्यक्तिहरुको उपस्थितको बिचमा रकम हस्तान्तरण गरेका थिए  ।

दुबै मृगौला पिडितलाई नगद रु १८५८०।- रुपैया बराबर गरि बागमती गाँउपालिका ८, सत्तले मकवानपुरका ३८ बर्षका जोक लाल सिङतानलाई नगद रु. ९२९५।- रुपैया र काभ्रे जिल्ला मन्दनदेउपुर गाउँपालिकाका २३ बर्षका केन्स वाईवा तामाङलाई नगद रु. ९२९५।- रुपैया हस्तान्तरण गरेका थिए । संस्थाका संरक्षक र अध्यक्षले खादा लगाई सु-स्वस्थलाभको कामना समेत गरेका छन् । कार्यक्रम संचालन सस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा) ले गरेका थिए ।

Comments

comments