अशोक बुद्ध लामा
रोशी । गत कर्तिक २० गतेदेखि मंसिर १ गतेसम्म सन्चालन गरिएको अपंगता भएका व्यक्तिको परिचयपत्र वितरण तथा नविकरण कार्यक्रममा ३१९ जनाले परिचयपत्र लिएका छन् । रोशी गाउँपालिका आयोजना, सेभ द चिल्ड्रेनको सहयोगमा नाङशाल एसोसिएसन नेपालको समन्वयमा रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी उप्रेती (बतौला)को संयोजकत्वमा रोशी गाउँपालिका वडा नम्बर १२ देखि शुरु गरिएको वितरण कार्यक्रम रोशी १ मा पुगेर समापन गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक बतौलाले घरदैलोमा सहजता र सजिलोको लागि आएको अपंगता भएको व्यक्तिको लागि क्षमता अभिवृद्धिको लागि बजेट पनि भएको जानकारी दिदै बताउदै अपंगता भएको व्यक्तिले आफ्नो परिचय पाउनु अधिकारको कुरा भएको बताउदै सहयोगको लागि नाङशाल एशोसियन र सेभ द चिल्ड्रेनलाई धन्यवाद दिनुभयो ।

वडा रोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अध्यक्ष श्रीदाश लामाले स्थानीय सरकार आएपछि भएको काम घरदैलोमा आएरै समस्या समाधान गर्ने यो उदाहरण हो पहिले जिल्लाको महिला बिकासमा पुग्नुपर्ने डाक्टर नभेट्ने अन्य प्रविधिक समस्य हुने समस्य हुने थियोे आज घरदैलोमा आएको आएर सहयोग गर्नुभएकोमा धन्यवाद दिनुभयो ।

परिचयपत्र वितरण कार्यक्रम बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष पोते लामाले वडामै आएर परिचयपत्र वितरण गरेकोमा धन्यवाद दिनुभयो र यसबाट अपंगता भएको व्यक्तिहरु लाभान्वित भएको बताउनुभयो
परिचयपत्र वितरण कार्यक्रम बोल्दै वडा नम्बर ३ का वडा अध्यक्ष धनजित लामाले यो कार्यक्रम १ वर्ष अगाडि नै हुनुपर्ने तर कार्यविधि तयार नभएकोले ढिलो भएको बताउदै डाक्टरको चेकअफ अनुसार नै परिचयपत्र पाउने र सबैलाई चित्त बुझाउन आग्रह गर्नुभयो ।
परिचयपत्र वितरण कार्यक्रम बोल्दै वडा नम्बर ४ का वडा अध्यक्ष तेज बहादुर मगरले अपंगता भएको व्यक्तिको असहजतालाई मध्यनजर गर्दै वडासम्मा आएर वितरण गरिएकोमा सम्पुर्णलाई धन्यवाद दिनुभयो
वितरण कार्यक्रम बोल्दै वड नम्बर ५ का वडा अध्यक्ष तिर्थ बहादुर लामाले अपंगता भएको व्यक्तिलाई सीप विकास सम्बन्धि कार्यक्रमहरु ल्याउने बताउनुभयो ।
वितरण कार्यक्रममा बोल्दै वडा नम्बर १० का वडा अध्यक्ष दुधराज तामाङले गाउँ गाउँमा सिंहदरबार यथार्थमा परिणत भएको बताउनुभयो /
परिचयपत्र वितरण कार्यक्रम बोल्दै वडा नम्बर ११ का वडा अध्यक्ष मिलन लामाले शिविरसम्म ल्याएर अपंगता भएको व्यक्तिलाई सहयोग गर्ने परिवार, आफान्त संरक्षक सबैलाई धन्यवाद दिनुभयो ।
आजको परिचय पत्र वितरण कार्य क्रममा वडा नम्बर १ मा ३८ जना वडा नम्बर २ मा ९ जना ३ मा २६ जना ४ मा २७ जना ५ मा ६ मा ३० जना ७ मा २२ जना ८ ३१ जना मा ९ ३२ मा १० मा १९ जना ११ मा २० मा १२ मा १७ जनालाई गरि कुल ३१९ जनालाई वितरण गरिएको छ र छुटिएकालाई मंसिर १७ गते वितरण गर्ने महिला तथा बाबालिका शाखा प्रमुख प्रज्वाला राईले जानकारी दिनुभयो वितरण कार्यक्रम रोशी ५ का नीर बहादुर तामाङले ४१ बर्षपछि परिचयपत्र पाएका छन् त्यस्तै रोशी १० वाल्टिङका बुने सापकोटाले ४८ बर्षपछि ख वर्गको परिचयपत्र पाएका छन् त्यस्तै रोशी ११ का ठुले तामाङले पनि पहिलोपटक ख वर्गको परिचयपत्र पाएका छन् यी त प्रतिनिधि पात्र मात्रै हुन् /
यसरी वर्ग अनुसार सामाजिक सुरक्षा भत्ता पाउने भएपछि अपंगता भएको व्यक्ति साथै परिवार समेत खुसी भएका छन् / वितरण कार्यक्रम रोशी गाउँपालिका उपअध्यक्ष लक्ष्मी कुमारी उप्रेती९बर्तौल० रोशी गाउँपालिकका अधिकृत धनबिर लामा, नाङशाल एशोशियनका प्रतिनिधि, नेपाल अपंगा महिला संघ काभ्रेको महासचिव पम्फा पुरकोटी, महिला तथा बालबालिका प्रमुख प्रज्जवला राई, पत्रकार अशोक बुद्ध लामा ,शिक्षक बासु थापा, स्वास्थ प्रमुख गंगालाल श्रेष्ठ लगाएत सम्बन्धित वडामा पुगेरै परिचयपत्र वितरण गरेको थियो जसमा सम्बन्धित वडाका जनप्रतिनिधिहरुको साथ र सहयोग रहेको थियो ।

Comments

comments