तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अपांगता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । स्थगित रहेका वडा नं. ९, ८ र ७ मा वितरण सम्पन्न भएसँगै तेमाल गाउँपालिकामा अपांगता परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
यस अघि वडा नं. १ देखि ६ सम्मका अपांगता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरेको थियो । गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङको नेतृत्वमा वडा नं. १ देखि ९ सम्म परिचय पत्र वितरण भएको थियो ।
वितरण गर्ने क्रममा आज (शुक्रबार) वडा नं. ७ मा वितरण गरेपछि तेमालमा अपांगता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको उपाध्यक्ष तामाङले तेमाल अनलाईनलाई जानकारी दिइन् ।
वडा नं. ९ मा १५ जनालाई वितरण

तेमाल गाउँपालिका वडा नं ९ मा १५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । गाँउपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, वडा अध्यक्ष चन्द्र बहादुर लामा, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले वडा संयुक्त रुपमा अपाङ्गता परिचय पत्र वितरण गरेका थिए ।
परिचय पत्र पाउनेहरुमा क वर्गका ३ जना, ख वर्गका १० जना र ग वर्गका २ जना रहेका छन् ।
वडा नं. ८ मा २३ जनालाई वितरण

अपांगता परिचयपत्र वितरण गर्ने क्रममा वडा नं. ८ मा २३ जनालाई परिचय पत्र वितरण गरेको छ ।
गाँउपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, वडा अध्यक्ष लक्ष्मी बहादुर घिसिङ, वडा सदस्य अजय लामा, स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठक लगायतले परिचय पत्र वितरण गरिएको छ । जस अनुसार क वर्गको २ जना, ख वर्गको १४ जना, ग वर्गको ३ जना, घ वर्गको ४ जना रहेका छन् ।
वडा नं. ७ मा १२ जनालाई वितरण

अपांगता परिचयपत्र वितरणको अन्तिम दिन वडा नं. ७ मा १२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानका अनुसार ख वर्गके ११ जनालाई र १ जना ग वर्गको वितरण भएको छ ।
वितरण कार्यक्रममा उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेल, वडा अध्यक्ष ज्ञानबहादुर बहादुर मोक्तान, वडा सदस्य मिमबहादुर लामा उपस्थित भएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।