रोशी गापाका अध्यक्ष मोक्तानले भने, ‘रोाशी गाउँपालिकामा कर ‘फ्री’ (भिडियो सहित)
बनेपा । काभ्रे जिल्ला रोशी गाउँपालिकाका अध्यक्ष डी.बी. मोक्तानले सकारात्मक, खोजमुलक र निश्पक्ष पत्रकारितामा जोड पत्रकारहरुलाई सुझाब दिएका छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा बनेपामा भएको रेडियो पत्रकारिता विकास तालिम कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष मोक्तानले उक्त सुझाव दिएका हुन् ।
‘पत्रकारले सकारात्मक, खोजमुलक र निश्पक्ष पत्रकारितामा जोड दिनुपर्छ ।’ उनले भने । अध्यक्ष मोक्तानले आफूले नियतबस कुनै गल्ती नगरेको पनि दावी गरे ।
काम गर्दा सबैलाई फाइदा पुग्ने काम आफ्नो प्राथमिकतामा रहेका बताउँदै उनले जिल्लाको कुनै एउटा ठाउँमात्र बदनाम हुँदा सिंगो जिल्लाको इज्जत र प्रतिष्ठामा दाग लाग्ने भएकाले काम गर्दा धेरै कुरामा विचार पु¥याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारीता क्षेत्रमा रोशी गाउँपालिकाले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गरेका थिए । हरेक स्थानीय तहले गरेका सकारात्मक विषय पत्रकारको प्राथमिकतामा पर्ने बताउँदै महासंघले विकास र समृद्धिको यात्रामा सधै साथ दिने बताएका छन् ।
कार्यक्रममा प्रेश काउन्सिलका सदस्य इश्वरी ओझा, प्रेस संगठन काभ्रेका संयोजक भुवन रायमाझी, प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइराला, पत्रकार महासंघ काभ्रेका सल्लाहकारहरु महेश पौडेल, भोला थापा, भोजराज तिमल्सिना, विष्णु चौलागाई, पत्रकार महासंघ प्रदेश नम्वर ३ का उपाध्यक्ष यदुनाथ गौतम लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।