फोटोः बरिष्ठ पत्रकार मधुसुदन गुरागाईंको फेसबुक वालबाट
काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-२ को मतपरिणाम सार्वजनिक भएको छ ।
मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार देवप्रसाद कोइरालाले ८ सय ६७ मत ल्याई बिजयी भएका छन् ।
कोइरालाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दर्ण बहादुर खत्रीले ५ सय ८२ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय जनता पार्टी नेपालका कृष्ण बहादुर तामाङले १५, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका बासु थापाले ६
मत ल्याएका छन भने बदर मत ३२ रहेको छ ।
यस अघिको निर्वाचनमा पनि नेकपाले नै जितेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।