तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त रुपमा बनेको संस्था: कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) को स्थापना दिवस (समारोह) आइतबार विधिवत रूपमा समुद्घाटन भएको छ ।
जोगेसा गुम्बा हलमा आयोजित कार्यक्रममा जोगेसा गुम्बाको प्रमुख लामाको प्रमुख आतिथ्यता, कोरियन गुम्बाका धर्मगुरू, सबै गुम्बाका धर्मगुरू, सबै देशको राजदूतहरूको उपस्थितीमा समुद्घाटन कार्यक्रम र सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको हो ।
यसमा कोरिया, नेपाल, म्यानमर, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, मंगोलिया र श्रीलङ्का गरी जम्मा ८ देशको बौद्ध धर्मलम्बी संयुक्त गठन गरिएको संस्था हो । यस संघमा नेपाली गुम्वा नागर्जुन गुम्वा र सउल नेपाल गुम्वाले प्रतिनिधीत्व गरेका छन् ।
उक्त कार्यक्रममा संयुक्त रूपमा संघको तर्फबाट स्वागत मन्तव्य राख्दै सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले यस संघले विश्वमा बौद्ध धर्ममाध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाइचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले गठन भएको बताउनुभयो ।
उक्त कार्यक्रमको प्रमुख अथिती जोगेसा गुम्वाका प्रमुख धर्मगुरूले कोरियाले बहुसांस्कृतिक पक्षलाइ मन पराउछ त्यसैले पनि यो संघले त्यो उद्धेश्यलाइ साकार पर्ने बताउनुभयो ।
उक्त समारोहमा संम्बोधन क्रममा दक्षिण कोरियाका लागि श्रीलङ्कन राजदुत डा.ए.साज यु. मेन्दिस् (Dr. A. Saj U. Mendis) ले संघमा आवद्ध विभिन्न देशको सांस्कार संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्न संघ सफल रहने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै समारोहमा संम्बोधन क्रममा दक्षिण कोरियाका लागि नेपालका उपनियोग प्रमुख तथा कार्यबहक राजदुत राम सिं थापाले दैनिक जिवनमा बुद्ध दर्शनको ठूलो महत्व रहेको छ, बुद्ध नेपालमा जन्मेको हो । त्यसैले पनि यस संघको सफलता र उत्तरोतर प्रगातिको कामनासमेत दिनुभयो ।
उक्त समारोहमा दक्षिण कोरियाका लागि नेपाली राजदुतवासका तर्फबाट उपनियोग प्रमुख तथा कार्यबहक राजदुत राम सिं थापाले सांस्कृतिक बौध्दधर्म संघलाइ मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै कम्बोडियाका राजदुतबासको तर्फबाट पनि मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा बौद्ध धर्म सम्बन्धी सांस्कृतिक प्रस्तुति पनि भएको थियो । कोरियाको बौद्ध दर्शन सम्बन्धित प्रस्तुति, नेपालको तर्फबाट ह्योल्मो नृत्य र अन्य देशले पनि नृत्य प्रस्तुत गरेका थिए ।


























