डिलबहादुर थाेकर/मंसिर-१४, बौद्ध स्थित तामाङ भवनमा शनिबार श्रद्धेय धर्म गुरु जोङ्सार खेन् रेन्पोक्षे खेन्रबज्युको मुखार विन्दबाट धर्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

प्राचीन अनुवाद एक मात्री गुरु संघ नेपालको आयोजनमा शनिबार श्रद्धेय धर्म गुरु जोङ्सार खेन् रेन्पोक्षे खेन्रब ज्युको मुखार विन्द बाट आर्य मञ्जुश्रीको ल्हुङ (आगम) धर्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । प्रवचन कार्यक्रमको नेपालीमा अनुवाद श्रद्धेय धर्म गुरु आचार्य सर्वजीत गोङ्बा तामाङले गरेका थिए ।

उक्त कार्यक्रममा ध्यान विधि सिकाई खेन् रेन्पोछेबाट मञ्जुश्रीको ल्हुङ समेत दिएका थिए । कार्यक्रममा हाराहरी दुइ सय जना उपासाक उसासिकाहरुको उपस्थित रहेको थियो भने आयोजकले चिया नास्ताको समेत ब्यवस्था गरेका थिए ।

सस्थालाई अवश्यक पर्ने समग्रीहरु सहयोग गर्ने दानीदाताहरु अमेरिकामा बसोबस गर्दै आएका सोमा वाईबाले स्युग् ठिका लागि अवश्यक समाग्री छतीस् हजार बराबरको किनिदिएका थिए भने र अस्टियमा बसोबस गर्दै आएका शेखार थोकार लामाले सठी हजार बराबरको क्यानोनको डिएक्सएल क्यामेरा किनेर सस्थालाई पठाएका थिए । सस्थाका महासचिव रोज बहादुर तामाङ (च्याङ्वा) ले दानीदाताहरुलाई धन्यवाद दिदै सहयोग गर्ने दुइजना दाताहरुलाई सस्थाको नियम अनुसर आजिवन सदस्य घोषणा गरेका थिए ।

अन्तमा, धर्मिक प्रवचन कार्यक्रम अन्त्य भएको घोषणा गर्दै सस्थाका अध्यक्ष राजन कुमार तामाङ (सोनाम) ले सस्थाको निमान्त्रणालाई स्विकारी सस्थाको कार्यलय सम्मा आएर धर्मिक प्रचन दिनु भएकोमा श्रद्धेय धर्म गुरु जोङ्सार खेन् रेन्पोक्षे खेन्रब र आचार्य सर्वजीत गोङ्बालाई धन्यवाद समेत दिएका थिए ।

यस सस्थाले निःशल्का रुपमा सम्भोटा लिपि ज्योर्लोक र च्याई कक्षा संचलान गर्दैै आइरहेको छ ।

भिडियो हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।