तेमाल । काभ्रे जिल्लााको तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङको टोली आ.ब. २०७६।०७७ को योजना संझौताको लागि वडा–वडामा पुगेकी छिन् । गाँउपालिकाले मंङसिर २५ गतेसम्म सबै वडामा योजना सम्झौता गर्ने लक्ष्य लिएर उपाध्यक्ष तामाङ वडा–वडामा पुगेकी हुन् ।
योजना संझौताको लागि गाउँपालिका केन्द्र पोखरी नारायणस्थान धाउँदा विभिन्न समस्या आएको गुनासो उपभोक्ताबाट आएपछि तेमाल सरकारले गाउँमै गएर योजना संझौता गरिएको जनाएको छ । वडा नं. ६ बाट शुरुवात गरेको यो अभियान सोमबार र मंगलबार वडा नं. १ र २ मा सम्पन्न भएको छ ।
वडा नं. १ मा योजना संझौता
सोमबार वडा नम्बर १ मा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार वडा नं १ कार्यलयमा २४ वटा योजना सम्झौता भएको छ । सम्झौता भएका योजनाहरुमा खानेपानी, सडक निर्माण, मन्दिर, वडा कार्यालयको भवन निर्माण लगायत रहेको वडाध्यक्ष मान बहादुर श्रेष्ठले जानकारी दिए ।

वडामा चालु आर्थिक वर्षका लागि भौतिक निर्माण तर्फका २ वटा खानेपानी, ४ वटा मन्दिर, १० वटा सडक लगायतका योजना सम्झौता भएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार भौतिक निर्माणका बाहेक वडास्तरीय कृषि, पशु औषधी ब्यवस्थापन, महिला सीप विकास, दलित आयआर्जन र तामाङ साँस्कृतिक प्रवद्र्धन सम्बन्धी योजना सम्झौता भएका छैनन् ।
छनौट भएको योजनाहरुमा १ लाख देखि ४० लाखसम्मका छन् । चालु आर्थिक वर्ष २०७६।७७ का लागि डाले २८ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । गाँउपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले योजना सम्झौताका लागि स्थानीयलाई पालिकासम्म जान नपरोस भनेर वडा कार्यालयमा नै गएर योजना सम्झौता गरेको बताईन् ।
कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल, योजना शाखाका राजकुमार तामाङ, गाँउपालिका र वडाका कर्मचारी लगाएत वडा बासीहरुको उपस्थित रहेका थिए । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ ।
वडा नं. २ मा पनि योजना संझौता
तेमाल गाउँपालिका वडा नम्बर २ मा योजना सम्झौता तथा अभिमुखिकरण कार्यक्रम आज (मंंगलबार) सम्पन्न भएको छ । गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङका अनुसार वडा नं २ कार्यलयमा १६ वटा योजना सम्झौता भएको छ । सम्झौता भएका योजनाहरुमा वडा कार्यालयको भवन निर्माण, खानेपानी सिंचाई, सडक निर्माण, मन्दिर, गुम्बा, खेलकुद विकास, संस्कृती विकास, संचार, लैङ्गीक हिंसा न्युनिकरण लगायत विभिन्न योजनाहरु रहेको उपाध्यक्ष तामाङले जानकारी दिईन् ।

त्यस्तै कुल २९ वटा योजना मध्य वडामा १३ वटा योजना सम्झौता भएका छैनन् । सम्झौता नभएका १३ वटा योजनाहरु कार्यक्रम अन्तर्गत रहेकाले त्यस्लाई सम्झौता गर्नु नपर्ने साथै प्रस्थावना र कोटेसनबाट हुने भएका कारण गाँउपालिकामा सम्पर्क गरी कार्यक्रम संचालन गर्न सकिने पनि उपाध्यक्ष तामाङले जानकारी दिईन् ।
त्यस्तै सडक र खानेपानीको २ वटा योजनाहरु डि.पि.आर. तयार पारी काम अगाडि बढाउने पनि बताईन् ।
त्यस्तै योजना छनौट कार्यक्रम पश्चात वडामा अभिमुखिकरण कार्यक्रम पनि भएको थियो । अभिमुखिकरणमा कसरी योजना छनौट गर्ने देखि कार्यपालिकाबाट पारित भई योजना सम्पन्न सम्मको विषयमा जानकारी गराईएको थियो ।
चालु आर्थिक वर्ष २०७६।७७ का लागि वडाले २९ वटा योजना छनौट गरी बजेट विनियोजन गरेको थियो । वडामा चालु आर्थिक बर्षको लागी ८६ लाख २२ हजार ८ सय ९० बजेट रहेको छ । सम्झौता भएका योजनाको अवधि २०७६ चैत मसान्तसम्म तोकिएको छ । कुल ६.६९ वर्ग कि.मि. क्षेत्रफल रहेको यस वडामा २६ सय ६० जनसंख्या रहेको छ ।
कार्यक्रममा प्रमूख प्रशासकीय अधिकृत लक्षमण कुईकेल, योजना शाखा प्रमुख राजकुमार तामाङ, वडा अध्यक्ष तिमाल सिं तामाङ, वडा सचिव ईन्द्र चिमौरीया, वडा सदस्य पार्वती श्रेष्ठ, डिल्ली मान तामाङ, प्रताप सिं तामाङ, गाँउपालिकाका कर्मचारी सरस्वती त्रिपाठी लगायत वडावासीहरुको उपस्थिती रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।