तेमाल । तेमाल गाउँपालिका वडा नं. ४, मौरेका ५५ वर्षिय बाबु भनिने मिनबहादुर तामाङ २ हप्तादेखि बेपत्ता भएका छन् । गत मंसिर ४ गतेबाट तामाङ बेपत्ता भएको उनको भाइ प्रेम तामाङले जानकारी दिएका छन् ।
उनको अनुसार तामाङ मंसिर ४ गते काठमाण्डौं गोपीकृष्ण हलबाट नक्साल जान्छु भनी गएका बिहान ४ बजे घरबाट निस्केका थिए । घरबाट निस्कने वित्तिकै बेपत्ता तामाङले मोवाइल स्वीच अफ भएको थियो ।

‘अझै पनि दाईलाई फेला पार्न सकेको छैन ।’ बेपत्ताका भाइ तामाङले भने, ‘प्रहरी र हामी परिवारले खोजी कार्य जारी राखेका छौं ।
हालसम्म पनि सम्पर्कमा नआएकोले फेला पार्नु हुने वा देखिनु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा माथिको मोवाई नं. ९८५१०९४१९२, ९८४१६९६३२५, ९८४१२७६९७६, ९८४९६५००५१, ९८१३१०७८१८, ९८६०९७२६०१ मा सम्पर्क गर्न बेपत्ता तामाङको परिवारले अनुरोध गरेकाछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















