पनौती । काभ्रेको पनौती नगरपालिकाले महिला स्वास्थ्य स्वंयमसेवीकाहरुलाई सम्मान गरेको छ ।  अन्तर्राष्ट्रिय स्वयंम सेवक दिवसको अवसरमा नगर प्रमुख भिमप्रसाद न्यौपानेद्वारा १० जना स्वंयमसेवीकालाई नगद एक हजार र प्रमाण पत्र सहित आज (विहिबार) सम्मान गरेको हो ।
नगरपालिकाले महिला स्वास्थ्य स्वयम सेविकाहरुको योगदानको कदर गर्दै सम्मान गरेको नगरप्रमूख न्यौपानेले बताए । ‘उहाँहरुको योगदानले आज समाजमा मातृशिशु मृत्युदर त निकै कम भएको छ नै, घर टोल छरछिमेकको सरसफाई देखि ब्यक्तिगत सरसफाईमा समेत आमुल परिवर्तन आएको छ ।’ न्यौपाने महिला स्वास्थ्य स्वयमसेविकाहरुको प्रसंशा गर्दै भने ।

स्वयमसेवीकाहरु बीच हाजिर जवाफ
नगरपालिकाले नगरभित्रका १ सय २० जना स्वंयमसेवीकाहरु बीच हाजिर जवाफ प्रतियोगिता पनि गरेको छ । १२ वटै वडाको एक एक समुह बनाएर हाजिर जवाफ प्रतियोगीता गरिएको हो ।
प्रतियोगितामा पहिलो, दास्रो, तेस्रो र चौथो हुने समुहलाई नगद र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको नगर उपप्रमूख गीता बञ्जाराले बताइन् । महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता विकास गर्ने उद्देश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको बताउँदै उपप्रमूख बञ्जराले महिला स्वास्थ्य स्वयमसेविकाहरु समाजको एक अभिन्न अंग बनिसकेको बताईन् ।

Comments

comments