काभ्रे । जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ८ त्रिपन्न किलो स्थित अरनिको राजमार्गमा मोटर साइकल दुर्घट्ना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने एक पुरुष गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दिपक गरिका अनुसार दुर्घट्ना आज (विहिबार) साँझ ५ बजे भएको हो ।
मृत्यु हुनेमा नवलपरासी दाउन्ने गा.पा वडा नं. ७ बस्ने वर्ष ४५ की निरमाया तामाङ रहेकी छिन भने गम्भिर घाइते हुनेमा मृतककी श्रीमान बर्ष ५० को खुसिमान तामाङ रहेका छन् । उनको टाउकोमा, नाक र दाहिने हातमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
डिएसपी गिरिका अनुसार सिन्धुपाल्चोकबाट धुलिखेल तर्फ आउँदै गरेको प्रदेश न.३.०२.००५ प ९७८५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार २ जना घाईते भई तत्काल उपचारको लागि धुलीखेल अस्पताल पठाइएको थियो ।
मृतक तामाङलाई साँझ ६ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको थियो ।

Comments

comments