काभ्रे । सूचना तथा सञ्चान प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ९ पिन्थलीमा निर्माण सम्पन्न भएको गुम्बा एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले बुद्ध जन्मेको देशबाट शान्तिकोसँगै ज्ञान मिल्ने बताउँदै गुम्बाहरुको निर्माणमा सरकारले जोडदिने बताए । २६ सय बर्ष अघि बुद्ध नेपालमा जन्मेर एसियामै शान्तिको ज्ञान दिएको बुद्ध धर्मबाट धेरै कुराहरुको ज्ञान मिल्ने बताए ।
रोशी गाउँपालिकाको विकासकोबारेमा बोल्दै मन्त्री बाँस्कोटाले रोशी भेगको बिकासको लागि धेरै कामहरु अघि बढिरहेको बताए । ‘रोशीको कटुन्जे हुदै लालितपुर ग्वार्गाे निस्केने बाटो निर्माण देखि महाभारत पर्यटकिय क्षेत्रहरुको बिकासको लागि काम अघि बढेको छ ।’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य सांसद गंगा बहादुर दोङ (बमध्वज)ले आस्थाको देउतालाई ब्यवस्थित गुम्बा निर्माण सम्पन्न गरेर शुभ कार्य गरेकोमा स्थानीयको प्रसंसा गरेकाछन् । बिकास निर्माणसँगै सबैखाले कामहरुमा जनताहरुको पक्षमा रहेको सांसद दोङले बताए ।
त्यसैगरि कार्यक्रममा बोल्दै प्रदेश सांसद रत्नप्रसाद ढकालले प्रदेश सरकारले बिकास निर्माणको कामहरुमा सकेको सहयोग गरिदै आएको बताए । गुम्बा निर्माणको चरणमै प्रदेश सरकारले २० लाख सहयोग गरेर स्थानिय जनताहरुलाई हौसला बढाएको बताए । सांसद ढकालले हाम्रो देश बुद्ध जन्मेको देश सगरमाथाको देश यो देशमा बिभिन्न जातजातिहरुको बसोबासरहेको र सबै समुदायले धर्मलाई राम्रोसँग संरक्षण गरिरहेको बताए ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामा (डिबी)ले स्थानियहरुले गुम्बा निर्माण गरेर सामाजिक रुपमा एकतालाई जोड्दिएको बताउँदै समाजमा रहेको सबै क्षेत्रहरुको धर्मको संरक्षण गर्नको लागि स्थानीय सरकार सहयोगीकोरुपमा रहने बताए ।
निर्माण सम्पन्न भएको टासी छयू ग्याछालिङ गुम्बा उद्घाटनसँगै लामा गुरुहरुबाट ह्राप्ने कार्य समेत गरिएको छ । पुर्णिमाको अवसरमा ३ दिन सम्ममा लामा गुरुहरुले ह्राप्ने गरिएको थियो ।
कुल ६३ लाख लागतमा निर्माण कार्य गर्न खर्च लागेको गुम्बा ब्यवस्थापन समितिको सचिब ज्ञान बहादुर लामाले बताए । ‘हामीले स्थानिय सरकार, प्रदेश सरकार संघिय सरकार, जिविस, गाविस र संसद बिकास कोष र स्थानियहरुको चन्द संकलनबाट गुम्बा निर्माण गरिएको हो ।’ सचिब लामाले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।