रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले बैठकले ४५ सदस्यीय जिल्ला सचिवालय सदस्य चयन गरेको छ । जिल्ला कमिटीको पदाधिकारीको टुंगो लागेसँगै सचिवालयमा रहने सदस्यहरुको टंगो लगाएको हो ।
सचिवालयमा पूर्व एमालेबाट २३ र पूर्व माओवादीबाट २२ सदस्य रहने गरी टुंगो लगाएको हो । बैठकले यस अघि भएको सहमति अनुसार सात सदस्यीय जिल्ला पाटी कार्यालय रहने निर्णयलाई अनुमोदन गरेको छ ।
त्यसैगरी गरी आठ वटै स्थानीय तह (गाउँ तथा नगरपालिका) पार्टी कमिटी गठन गर्ने निर्णय गरेको सचिवालय सदस्य प्रकाश कुमार कार्कीले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।