धनुषा । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिस्फोट हुदा प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु गएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा प्रहरी निरिक्षक अमिर कुमार दाहाल, स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साह मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राजेश्वर र आनन्दको घट्नास्थलमै मृत्यु भएको थियो भने कोखामा छर्रा लागेर गम्भीर घाइते भएका प्रहरी निरिक्षक दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकाष्पद वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो । बिस्फोटमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली समेत गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।
गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ । अन्य २ जना समान्य घाइते भएको बताइएको छ ।
घरमुली साह विगतदेखि नै मोटो रकम ऋण लगानी गर्दै आएको कारण कसैले उनीहरुलाई हत्या गर्नकै लागि राखिएको बम बिस्फोट भएको हुन सक्ने स्थानीयको आशंका छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान तिव्र बनाएको छ
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















