नेकपालाई पोलिटब्यूरो सदस्य छान्ने चटारो, को–को बन्दै छन् ? (नामावली सहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ। शुक्रबारका लागि तय भएको सचिवालय बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थायी कमिटीमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि शनिबार ३ बजे सारिएको हो।
यस्तै नेकपा स्थायी कमिटी बैठक मंसिर २९ देखि बस्दैछ। अध्यक्ष प्रचण्ड उक्त बैठकमा पेस गर्ने प्रतिवेदन लेख्नमा व्यस्त भएकाले केही दिनदेखि सार्वजनिक कार्यक्रमका देखिएका छैनन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।