सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।
कालिञ्चोक दर्शन गरि फर्किएका दर्शनार्थी सवार बा ४ ख ४४६८ नम्वरको बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ७ स्थित ६ किलोमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । मृतकमध्य ९ महिला र ३ जना पुरुष रहेका छन् । दुर्घटनामा परि घाईते भएकामध्य चार जनाको अवस्था गम्भिर रहेको सिन्धुपाल्चोकका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भिर घाईते चारै जनालाई काठमाडौँ रिफर गरिएको छ भने अन्य घाईतेको सिन्धु सदाबहार अस्पतालमा उपचार भईरहेको छ । कालिञ्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर ल्याईएको सो बस फर्किने क्रममा आज बिहान करिव सभा ८ बजे दुर्घटनामा परेको हो ।
बस सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको र कति यात्रु सवार थिए भन्ने एकि नभएको सिनधुपाल्चोकका प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो । घटनास्थलमा अहिले उद्धारको काम भईरहेकाले घटनाको विषयमा थप विरण आउन बाँकी छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।