धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेका नयाँ प्रमुख एसपी रवि कुमार पौडेलले जहाँ गलत हुन्छ त्यहाँ आफ्नो ‘हिट’ हुने उद्घोष गरेका छन् । आज (आइतबार) जिल्लाका पत्रकारहरुसँग परिचय कार्यक्रमको आयोजना गर्दै एसपी पौडेलले उक्त उद्घोष गरेका हुन् ।
पौडेलले जिल्लामा शान्ति सुरक्षालाई चुस्त बनाउन योजनाबद्ध रुपमा अगाडि बढ्ने बताएका छन् । पौडेलले आधा दर्जन भन्दा बढी सुरक्षा योजनाहरुको जानकारी दिएकाछन् ।
उनले शान्ति सुरक्षा, अपरोध रोक्ने, लागुऔषद विरुद्ध लाग्ने लगायतका योजना सार्वजनिक गरे । ‘शान्ती सुरक्षालाई प्रमुखतामा राख्छु । क्राइम रोक्ने प्रयत्न हुन्छ । लागू औषध धुर्बेसनि रोक्ने कार्यक्रम ल्याउँछु । साथै त्यसको लागि सुधार केन्द्र बनाउँछु ।’ प्रहरी प्रमुख एसपी पौडेलले भने, ‘गुन्डागर्दी छैन भन्ने बुझे । छ भने म कडा रुपमा प्रस्तुत हुन्छु ।’
जिल्लामा दुर्घटना मुख्य समस्या रहेको आफूले बुझेको बताउँदै एसपी पौडेलले सवारी दुर्घट्नालाई न्यूनीकरणको लागि कार्यक्रम ल्याउने बताए ।
विप्लब समूहलाई इंगित गर्दै पौडेलले संविधान विरोधी गतिविधि गर्नेलाई कन्ट्रोल गर्ने जनाएकाछन् ।
२४ वर्षदेखि प्रहरी सेवामा रहेका पौडेल यस अघि प्रदेश १ को ट्राफिक प्रहरी इन्चार्जको रुपमा कार्यरत थिए । अर्थशास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनी साहित्यका समेत हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















