मेष
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
बृष
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
मिथुन
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।
कर्कट
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।
सिंह
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
कन्या
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।
तुला
तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
बृश्चिक
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।
धनु
धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।
मकर
मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।
कुम्भ
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।
मीन
मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । -ज्यो.प. नारायणप्रसाद दुलाल
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















