पनौती । काभ्रे जिल्लाको पनौती–७ स्थित पनौती स्वास्थ चौकीको बर्थिङ सेन्टर आज (सोमबार उद्घाटन भएको छ । सेन्टरको उद्घाटन नगर प्रमुख भिम न्यौपानेले एक कार्यक्रमकाबीच गरेका हुन् ।
वर्थिङ सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले महिला र नवजात शिशुको स्वास्थ्यमा वर्थिङ सेन्टरले सकारात्मक प्रभाव पार्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, जिल्ला स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा, पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, स्थानिय जनप्रतिनिधि, राजनैतिक दलका नेता, स्वास्थ्यकर्मीहरु लगाएतको उपस्थिति रहेको थियो ।

उक्त स्वास्थ्य चौकीमा सेवा लिन आउनका लागि निमन्त्रणा कार्ड समेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख परुषेत्तम तिमल्सिनाले जानकारी दिए । कार्यक्रम पनौती स्वास्थ्यचौकी संचालक समिति अध्यक्ष तथा वडा अध्यक्ष रामचन्द्र नास्नानीको सभापतित्व र दिपेश घिमिरेको सञ्चालनमा भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।