काभ्रे । जिल्लाको चौरीदेउराली गाउँपालिकामा सहकारी समन्वय समिति गठन भएके छ । कल्याण्कारी बहुउद्देश्यीय सहकारी संस्था लि माझीफेदाका अध्यक्ष चित्रप्रसाद चौंलागाईको संयोजकत्वमा विहिबार ११ सदस्यीय समन्वय समिति गठन भएको हो ।
कार्यक्रम चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने सभाध्यक्ष जिल्ला सहकारी संघ लि का सचिव श्री दिलिप शर्माले गरेका थिए ।
कार्यक्रममा पालिकाका नौ वटै वडामा गठन भएका सहकारी संस्थाका ५४ जना सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाँई, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, जिल्ला सहकारी संघ लि का सल्लाहाकार रेणुका चौंलागाँई तथा विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
समन्वय समितिको सह–संयोजकमा लक्ष्मि लामा नाग्रे गगर्चे महिला बचत तथा ऋण सहकारी सस्था, सचिवमा तारा प्रसाद चौंलागाई, कोशिपूर्व बचत तथा ऋण र सदस्यहरुमा मुक्तिनाथ गौतम शैलुंगेस्वरी बचत, आश्विन कुमार गौतम प्रयास कृषि, चिनिमाया लामा अग्रगती सचेतना कृषि, कालिप्रसाद पाण्डे नवज्योती बहुउद्देश्यीय, नुर्बु तामाङ सलमबु कृषि, बलराम चौंलागाँई चौरीखोला लघु जलविद्युत, मिनप्रसाद चौलागाँई कोशिपूर्व सिर्जनसिल सुस्मिता तामाङ सप्तरंगी महिला विकास बचत सहकारी रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गौतमले नव निर्बाचित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै पालिकास्तरमा गठन भएका सहकारी संस्थाहरु अव सहकारी ऐन तथा नियमावलीहरुको पालना गर्दै अगाडि बढ्नुपर्ने बताउदै सहकारीको क्षेत्रमा काम गर्ने हिजो आफू एक्लै रहेका तर अव एउटा सशक्त टिम रहेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा कुमारी चौलागाँई, जिल्ला सहकारी संघका सल्लाहाकार रेणुका चौंलागाई लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम सञ्चालन जिल्ला सहकारी संघ लि का सञ्चालक ठाकुरनाथ अधिकारीले गरेका थिए भने कार्यक्रममा जिल्ला सहकारी संघका सचिव दिलिप शर्माले जिल्ला सहकारी संघको भूमिका, कार्य प्रगती सहित सहकारी ऐन नियमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
जिल्ला सहकारी संघ लि ले जिल्लाका १३ वटै स्थानीय तहहरुमा सहकारी समन्वय समिति गठन कार्यलाई तीब्रता दिएसँगै यो पालिका सहित ७ वटामा समन्वय समिति गठन सम्पन्न गरिसकेको छ । यस अघि पााचखाल, धुलिखेल, मण्डनदेउपुर, तेमाल, भूम्लु तथा नमोबुद्धमा समन्वय समिति गठन भैसकेको छ ।

Comments

comments