‘विप्लब संगठित आतंकवादी र सामाजिक फाँसीवादी’ –प्रवक्ता बाँस्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्यार्थीहरुको रिजल्ट विग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्ने बताएका छन् । शुक्रबार बनेपामा नेकपा समर्थक नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेद्वारा आयोजित एकदिने गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले सचिवहरुसँग करार सम्झौता गरेझैं शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग सम्बन्धित माथिल्लो निकायले करार सम्झौता गर्नुपर्नेमा जोड दिए ।
‘अब प्रधानाध्यापकसँग ‘करार सम्झौता’ हुनुपर्छ, रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ । यसो भयो भने गुणस्तरीयतामा ढुक्क बन्न सकिन्छ ।’ बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीले मन्त्री र मन्त्रीले सचिवहरुसँग करार सम्झौता गरेझैं शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकसँग सम्बन्धित माथिल्लो निकायले करार सम्झौता गर्नुपर्दछ ।’
१८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताउदै उनले जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव हुने तर्क गरे । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने स्पष्ट पारे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुःख व्यक्त गरे । ‘उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।’ उनको भनाई थियोे ।
मन्त्री बाँस्कोटाले सामुदायिक र निजी शिक्षा एउटै हुनुपर्ने बताउँदै उत्पादित जनशक्तिबीच शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु नहुने र एउटै जनशक्तिलाई प्रतिस्पर्धात्मक भने बनाउनुपर्ने बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।