धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिकाले भ्रमण २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेको छ । शुक्रबार नगरपालिका हलमा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो ।
नगरपालिकाले पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको धुलिखेलस्थित पुरानो संरचना मर्मतसम्भार गर्ने देखि नयाँ पार्क बनाउने, धुलिखेलको पुरानो बसपार्कमा हरेक हप्ताको तीन दिन खाना महोत्सव सहितको स्थानीय कला संस्कृतिको प्रर्शन गरिनेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।
भ्रमण वर्ष विशेष उल्लासका साथ मनाउने नगरप्रमूख अशोक कुमार ब्याञ्जुले बताए । धुलिखेलमा धेरै भन्दा धेरै पर्यटक ल्याउने र आएका पर्यटकको पनि बसाई लम्ब्याउने गरी योजनावद्ध ढंगले अघि बढेका बताउँदै नगर प्रमुख ब्याञ्जुले भने नगरबासीले आ– आफ्नो ठाउँबाट गर्न सक्ने योगदान गर्न अनुरोध गरे ।
अरनिको र बीपी राजमार्गमा शौचालय सहितको थप १० वटा नयाँ पार्क निर्माण गरिने, छ । भ्रमण वर्ष अवधिभर हरेक महिना नगरपालिकाले ठूल ठूलो कार्यक्रमहरु गर्ने नगरप्रमुख व्याञ्जुले जानकारी दिए । अहिले नगरपालिकाले १२ वटै वडाहरुमा पार्क निर्माण गरिहेको छ ।
पर्यटक सुुचना बोर्ड मार्फत धुलिखेलको बारेमा जानकारी गराइने, सरसफाईलाई पहिलो प्राथमिकतामा राख्दै साँस्कृतिक र धार्मिक कार्यक्रमलाई विशेष बनाइने प्रमूख ब्याञ्जुले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।