बनेपा । काभ्रे मुद्रण उद्योग संघको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार (आज) सम्पन्न अधिवेशनले जगन्नाथ खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा खड्गबहादुर राउत, सचिवमा प्रेमबहादुर थापा, कोषाध्यक्षमा जयराम बञ्जारासलाई निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा सर्वश्री अधिकारी, ऋषिराम सापकोटा, रामप्रसाद पौडेल निर्वाचित भएका छन् ।
अधिवेशन नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतमको प्रमुख आतिथ्यतामा, संघका अध्यक्ष जगन्नाथ खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका पुर्व अध्यक्ष माधब के. सी., काभ्रे मुद्रण उद्योग संघका सल्लाहकार कौशलराज खड्का लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

साथै संघका सदस्य नवराज बजगाईले स्वागत मन्तव्य, संघका सचिव प्रेमबहादुर थापाले संस्थाको बार्षिक गतिविधि र संघका कोषाध्यक्ष खड्गबहादुर राउतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संघमा काभ्रे जिल्लाका २८ वटा प्रेस व्यवसायिहरु आवद्ध छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















